श्लेषः/श्लेषकः (पुंलिङ्ग)
अर्थ−
१. जोडिनु,
२. टाँसिनु,
३. चिप्किनु,
४. अँगालो,
५. साहित्यमा एक अलङ्कार, जसमा अनेक अर्थ बुझाउने पद वा शब्दद्वारा एउटै वाक्यले दुई तीन अर्थको बोध गराउँछ । ‘नानार्थसंश्रयःश्लेषो वर्ण्यावर्ण्योभयाश्रितः’ (कुवलयानन्द) । श्लेष अलङ्कारका तीन भेद छन् - खण्डश्लेष, भङ्गश्लेष र अर्थश्लेष । ‘खण्डश्लेष’ - समास भएको पदमध्ये कुनै एक पदखण्डले अनेक अर्थ हुने । ‘भङ्गश्लेष/पदश्लेष’ एउटै पदका अनेक अर्थ लाग्दा श्लेष-अलङ्कार हुन्छ भने एउटै पद तोडेर दुई अर्थ निकाल्दा भङ्गश्लेष हुन्छ । जस्तै- ‘सर्वदोमाधवःपायात्’ यहाँ विष्णुपरक अर्थ गर्दा ‘सर्वदः माधवः पायात्’ यस्तो पदच्छेद हुन्छ भने शिवपरक अर्थ गर्दा ‘सर्वदा उमाधवः पयात्’ यस्तो पदच्छेद हुन्छ । ‘सर्वदोमाधवः’ यहाँ भङ्ग श्लेष छ । ‘अर्थश्लेषः’ - खालि अर्थको मात्रै अनेक पदार्थ (वस्तु)सँग सम्बन्ध हुँदा यो अलङ्कार पर्छ ।