श्वेतबाला (स्त्रीलिङ्ग)
अर्थ−
बलुझारको एक भेद । यो सानो र ठुलो गरी दुई किसिम छ - १) सानो पीतबलाको जस्तो तर सेतो रङ्गको पहेँलो पत्र र गाढा पहेँलो केशर हुने फूल,
२) ठुलो ३/४ हात आलो बोट एक डेढ अङ्गुल लामो, डेढ सवा अङ्गुल चाक्लो किनारा काटिएको पात, वर्षातपछि फुल्ने ५ पङ्खडीको सेतो फूल, सानो रुद्राक्षजत्रो सुन्तलारङ्गको फल, यो प्रायः गर्मी ठाउँमा हुन्छ यसलाई बलाबीज वा बीजबन्द (हिन्दीमा) भनिन्छ ।