प्रसहः (पुंलिङ्ग)
अर्थ−
१. सिकारी पशु वा पन्छी,
२. सहनशीलपन,
३. अमलतासको रूख,
४. काग, गिद्ध, लाटोकोसेरो वा हुचिल, चिल, बाज, ठेउवा, न्याउलो आदि चुँडी-चुँडी मासु खाने चराहरू । भनाइ छ-
“काको गृद्ध उलूकश्च चिल्लश्च शशघातकः ॥
चाषो भासश्च कुरर इत्याद्याः प्रसहाः स्मृताः ॥
प्रसहाः कीर्तिता ह्येते प्रसह्याच्छिद्य भक्षणात् ॥”
(नभिवननिघण्टु)
प्रसह (विशेषण)
अर्थ−
खुब सहन सक्ने ।