प्राणः (पुंलिङ्ग)
अर्थ−
१. आगो,
२. हावा,
३. प्राणवायु/सास/ श्वास,
४. जैनमतअनुसार मनोबल, वाग्बल,कायबल नामका तीनथरी बलहरू र उच्छ्वास, निःश्वास आयु यिनीहरूको समूह,
५. बलशक्ति,
६. जीवात्मा,
७. परब्रह्म,
८. इन्द्रिय,
९. प्राणवायु समान प्यारो वस्तु वा व्यक्ति,
१०. पुराणअनुसार एक कल्प,
११. कालको त्यो विभाग जसमा दश दीर्घ मात्राको उच्चारण हुन सक्छ,
१२. वैवस्वतमन्वन्तरका सप्तर्षिमध्ये एक,
१३. धर नामका वसुको एक छोरा,
१४. सामको नाम,
१५. यकारवर्ण,
१६. ब्रह्म,
१७. विष्णु,
१८. धाताको छोरा,
१९. मूलाधारमा रहने वायु,
२०. इन्द्रिय,
२१. कवित्व शक्ति वा प्रतिभा,
२२. पाचनशक्ति,
२३. लोवान,
२४. महत्त्वाकाङ्क्षा,
२५. श्वासग्रहण,
२६. अल्पप्राण, महाप्राण, कम/बेसी सास लिनु । प्राण शब्दको संस्कृतमा ‘प्राणाः’ यस्तो बहुवचन प्रयोग हुन्छ । ‘पुंसि भूम्न्यवसः प्राणाः’ (अमरकोश) ।