प्राप्तिः (स्त्रीलिङ्ग)
अर्थ−
१. कसैबाट कुनै वस्तु पाउने क्रिया / पाउनु,
२. एक ठाउँबाट अर्को ठाउँमा कुनै चिज पुऱ्याउने क्रिया/ पुऱ्याउनु,
३. पहुँच,
४. आउने क्रिया/आइपुग्नु,
५. रसीद,
६. धन कमाइ वा धन पाउने क्रिया,
७. अडकल/ अनुमान,
८. हिस्सा/ अंश,
९. भाग्य,
१०. उदय / ग्रह आदि उदाउने क्रिया,
११. मेल/ जुटान,
१२, सुखको उत्पत्ति,
१३. नाटकमा खेलको सारांश,
१४. अणिमा आदि अष्टसिद्धिहरूमध्ये एक, जसमा इच्छा गरेको वस्तु तुरुन्त पाउन सकिने हुन्छ ।