प्रोक्षित (विशेषण)
अर्थ−
१. पवित्र जल छर्केर पवित्र पारिएको,
२. बलिदानको पहिले जल छर्किएको,
३. पानी छर्किएको ।
प्रोक्षितम् (नपुंसकलिङ्ग)
अर्थ−
१. यज्ञमा बलिदिइने पशुलाई पवित्र पार्न जल छर्किनु,
२. श्रौत संस्कारद्वारा संस्कार गरिएको पशुको यज्ञका लागि अग्निष्टोम आदि यज्ञमा हवन गरिंदा बचेको मासु । भनाइ छ- ‘प्रोक्षिते द्विजकाम्यया’ (याज्ञवल्क्यस्मृति) ‘प्रोक्षमाणस्य श्रौतसंस्कारसंस्कृतस्य पशोर्यागार्थस्याग्नीषोमीयादेर्हुतावशिष्टं मांसं प्रोक्षितम्’ (मिताक्षराटीका) ।