फ
अर्थ−
देवनागरी व्यञ्जनवर्णमालामध्ये पवर्गको दोस्रो अक्षर । यसको उच्चारण स्थान ओठ हो । यसको आभ्यन्तर प्रयत्न स्पृष्ट हो र यसको बाह्यप्रयत्न विवार, श्वास, अघोष र महाप्राण हुन्छ ।
फम् (नपुंसकलिङ्ग)
अर्थ−
१ रूखो बोली,
२. फुक्नु ,
३. आँधीबेरी,
४. हाई गर्नु वा मुख बाउनु,
५. सफलता,
६. रहस्य भएको अनुष्ठान,
७. व्यर्थको बकवास,
८. गर्मी,
९. उन्नति ।