संस्कृत-शब्दकोशः

बन्दी बन्धक

बन्ध

बन्धः (पुंलिङ्ग)


निष्पत्ति− बन्ध (बन्धने) - कर० "घञ्" (३-३-१२१)
व्युत्पत्ति− बध्यतेऽनेन

अर्थ−
१. बन्धन/बाँध्ने क्रिया,
२. कपाल बाँध्ने धागो वा फीता,
३. कैद,
४, बाँध,
५. कोकशास्त्रअनुसार मैथुनसम्बन्धी मुख्य सोह्र आसनहरूमध्ये एक । सोह्र प्रकारका आसनहरू- पद्मासन, नागपाद, लतावेष्ट, अर्द्धसम्पुट, कुलिश, सुन्दर, केशर, हिलनोल, नरसिंह, विपरीत, क्षुब्धक, धेतुक, उत्कण्ठ, सहासन, रतिनाग र विद्याधर,
६. पद्यात्मक रचनाको चित्र भएको चित्रकाव्य,
७. निबन्ध रचना,
८. फैलाउ,
९. शरीर,
१०. बनाइने घरको लम्बाइ चौडाइ,
११. त्यस्तो वस्तु, जसले कुनै चिज बाँधिन्छ,
१२. धितो,
१३. परिणाम,
१४. परिस्थिति,
१५. फँसाइ,
१६. प्रदर्शन,
१७. मेलमिलाप,
१८. हात आदि शरीरको कुनै अङ्गको जोड,
१९. सम्बन्ध/मेल,
२०. बनावट,
२१. हठयोगीहरूले आसन गर्दा शरीरलाई बाँधेर राख्ने क्रिया,
२२. ब्याण्डिङ ।


बन्धम् (नपुंसकलिङ्ग)


अर्थ−
बन्धन/बाँध्ने वस्तु ।


हेरौँ- बन्ध् धातु



Correction: