बीभत्सः (पुंलिङ्ग)
अर्थ−
१. घिन,
२. अर्जुन,
३. बीभत्स रस । यसको स्यायी भाव जुगुप्सा हुन्छ । कुहेको मासु, रगत, बोसो आदि यसका आलम्बन विभाव हुन् । त्यसमा कीरा पर्नु, गह्नाउनु आदि उद्दीपन विभावभित्र पर्दछन् । थुक्नु, मुख खुम्च्याउनु, आँखा बिगार्नु आदि यस रसका अनुभाव हुन् । मूर्च्छा, रोग, मृत्यु आदि व्यभिचारी भावभित्र पर्दछन् । यो रस नीलो वर्णको छ । महाकाल यसका देवता हुन् । भनिएको छ-
“जुगुप्सास्थायिभावस्तु बीभत्सः कथ्यते रसः ॥
नीलवर्णो महाकालदैवतोऽयमुदाहृतः ॥
दुर्गन्धमांसरुधिरमेदांस्यालम्बनं मतम् ॥
तत्रैव कृमिपाताद्यमुद्दीपनमुदाहृतम् ॥
निष्ठीवनास्यवलननेत्रसङ्कोचनादयः ॥
अनुभावास्तत्र मतास्तथा स्युर्व्यभिचारिणः ॥
मोहोऽपस्मार आवेगो व्याधिश्च मरणादयः ॥”
(साहित्यदर्पण) ।
बीभत्स (विशेषण)
अर्थ−
१. घिनलाग्दो,
२. अर्काको डाहा गर्ने,
३. डरलाग्दो,
४. क्रूर वा पापी ।