बृहस्पतिः (पुंलिङ्ग)
अर्थ−
१. सौरमण्डलभित्र पर्ने एक ग्रह । यो सूर्यबाट ७,
७३२ लाख किलोमिटरको दूरीमा रहेको छ, यसको व्यास १,
४१,
९२० किलोमिटर छ । यसले सूर्यलाई एकपटक परिक्रमा गर्न हाम्रो वर्षको हिसाबले १२ वर्ष लाग्छ । यसमा हाइड्रोजन, हिलियम, मिथेन र एमोनियाले बनेको वायुमण्डल हुन्छ । यसका १६ उपग्रह छन् । यसका सतहको तापक्रम १३८ डिग्री से. छ,
२. स्मृतिकार या देवताहरूका गुरु पुरोहित एक ऋषि वा विद्वान् । यिनका पिताको नाम - ‘अङ्गिरा’, माताको नाम - ‘सुरूपा’, भाइहरू - ‘संवर्त’ र ‘उतथ्य’, पत्नी - ‘तारा’ र ‘शुभा’, छोरा - ‘कच’, थियो । यिनका धनु, काँड,बन्चरो सुनका थिए, यिनी लडाइँमा ठूला पराक्रमी थिए । यिनकी छोरीको नाम ‘स्वाहा’ हो ।