बोलः (पुंलिङ्ग)
अर्थ−
बोल भन्दा साधारणतया तीनथरी वस्तुलाई बुझाउँछ - १, कालो बोल - मुसब्बर,
२. मिमियाँ मनुष्य जबोल,
३. लालबोल वा हीराबोल । विशेष गरी बोलभन्दा हीराबोल वा लालबोललाई लिइन्छ । यो अरब वा अविसिनियाँ देशमा हुने एकथरी रूखको कन्दबाट निस्कने तेल वा खोटो हो । अलिअलि रातो वा गुलाफी रङको यो स्पिरीटमा पग्लन्छ । यसको घुमेको टुप्पो, सानो फल, सानो पात तथा नीलो बोट र ४ पत्रको फूल हुन्छन् । यसलाई बगैँचामा पनि लगाउँछन् ।