ब्रह्मचर्यम् (नपुंसकलिङ्ग)
अर्थ−
१. ब्रह्मचर्याश्रम,
२. योगशास्त्रअनुसार ‘यम’ अन्तर्गतको एक विधि । यसमा कर्म, मन, बोलीले सबै अवस्थामा सधैँ मैथुनसम्बन्धी आठ विचारलाई छोड्न पर्छ । भनाइ छ-
“स्मरणं कीर्तनं केलिः प्रेक्षणं गुह्यभाषणम् ॥
सङ्कल्पोऽध्यवसायश्च क्रियानिवृतिरेव च ॥
एतन्मैथुनमष्टाङ्गं प्रवदन्ति मनीषिणः ॥
विपरीतं ब्रह्मचर्यम्....... ॥”
स्त्रीको स्मरण गर्नु, स्त्रीसम्बन्धी कुरागर्नु, स्त्रीसँग ख्याल ठट्टा गर्नु, हेर्नु, गोप्य कुरा गर्नु, मनले संभोगको सङ्कल्प गर्नु, मुसुक्क हाँस्नु र सम्भोग गर्नु, यो आठ प्रकारका मैथुन हुन् । यसदेखि विपरीत ब्रह्मचर्य हो । भनाइ छ-
“कर्मणा मनसा वाचा सर्वावस्थासु सर्वदा ॥
सर्वत्र मैथुनत्यागो ब्रह्मचर्यं प्रचक्षते ॥”
(गरुडपुराण)