ब्रह्मा (पुंलिङ्ग)
अर्थ−
१. सृष्टिकर्ता प्रजापति । पौराणिक कथनअनुसार योग निद्राबाट जलमा सुतेका विष्णुको नाइटाको मलबाट ब्रह्मा उत्पन्न भए । यिनी संसारको सृष्टि र रक्षा गर्ने, परमात्माको रजोगुणी रूप हुन् । यिनका चार मुख, चार बाहु, दुई पाउ भएको मानिन्छ,
२. विष्णु भगवान्,
३. ब्राह्मण,
४. भक्त मानिस,
५.सोमयज्ञ गर्ने चार ऋत्विग्