ब्रह्माण्डम् (नपुंसकलिङ्ग)
अर्थ−
१. टाउकोको माथिल्लो हाड,
२. महान् शून्यले भरिएको मानिसको कल्पना शक्तिले सोच्न नसकिने सेरोफेरोभन्दा पनि बाहिरको सम्पूर्ण अन्तरिक्ष,
३. पुराणअनुसार सृष्टिका लागि ब्रह्मद्वारा उत्पन्न चराको फूल वा डल्लो आकारको अण्डा, जसभित्र अनन्त लोक छन् । महाभारतअनुसार सृष्टिको प्रारम्भमा जताततै अन्धकार नै अन्धकार थियो । कुनै वस्तुको रूप नाम आदि थिएन । त्यस वेला एक ठुलो अण्ड प्रकट भयो, जसमा सम्पूर्ण प्रजाहरूको अविनाशी बीज थियो, त्यस्तो अण्डलाई ब्रह्माण्ड भनिन्छ । त्यस ब्रह्माण्डबाट पहिले ब्रह्माको जन्म भयो र ब्रह्माबाट नै सृष्टिको प्रारम्भ भयो ।