संस्कृत-शब्दकोशः

ब्राह्म ब्राह्मणक

ब्राह्मण

ब्राह्मण (विशेषण)


अर्थ−
१. ब्राह्मणको,
२. ब्राह्मणलाई उपयोग हुने,
३. ब्राह्मणले गरेको ।


ब्राह्मणम् (नपुंसकलिङ्ग)


अर्थ−
१. ब्राह्मण जातिको सभा,
२. वेदको कर्मकाण्ड र ज्ञानकाण्डसम्बन्धी विभाग । यज्ञ गर्ने वैदिक मन्त्रको विधान भएकोलाई कर्मकाण्ड र उपनिषद्को मन्त्र भएकोलाई ज्ञानकाण्ड भनिन्छ । हरेक वेदका फरक फरक ब्राह्मणहरू छन् - ऋग्वेदका ब्राह्मण - ऐतरेय, आश्वलायन, कौशीतकी र साङ्ख्यायन, शुक्लयजुर्वेदका ब्राह्मण - माध्यन्दिनीय शतपथ ब्राह्मण र काण्व शतपथब्राह्मण, कृष्ण यजुर्वेदको ब्राह्मण - तैत्तिरीय ब्राह्मण, सामवेदका ब्राह्मण - ताण्ड्य, षड्विंश, सामविधान, वंश, आर्षेय, देवताध्याय, संहितोपनिषद्, छान्दोग्य, जैमिनीय, सत्यापन, भल्लवी, अथर्ववेदको ब्राह्मण - गोपथ ।


ब्राह्मण (विशेषण)


अर्थ−
हे० ब्राह्म ।



Correction: