ब्राह्मी (स्त्रीलिङ्ग)
अर्थ−
१. ब्रह्म वा ब्रह्माकी मूर्तिमती शक्ति,
२. सरस्वती,
३. वाणी / बोली,
४, कहानी,
५.धार्मिक कर्मको चलन. ६. रोहिणी नक्षत्र,
७. दुर्गाको एक नाम,
८. ब्राह्म विवाह गरिएकी पत्नी,
९. ब्राह्मणकी पत्नी,
१०. पित्तल,
११. शिवका अष्टमातृकाहरूमध्ये एक,
१२. भारत वर्षको एक प्राचीन लिपि, जसबाट देवनागरी, बङ्गला आदि लिपि बनेका हुन्,
१३. घोडटाप्रे । निघण्टुमा ब्राह्मी घोटुटाप्रे बूटीको तीन भेद देखिन्छ - ब्राह्मी (घोटटाप्रे), क्षुद्रब्राह्मी (पानीमा हुने घोटटाप्रे जस्तो सानो पात हुने झार) र मण्डूकपर्णी (घोटटाप्रे जस्तो तर ठुलो पात हुने हिमाली पहाडमा पाइने झार,
१४. नदीविशेष ।