भक्तिः (स्त्रीलिङ्ग)
अर्थ−
१. भाग लगाउने रेखा,
२. रेखाद्वारा छुट्टाइएको भाग,
३.ईश्वरलाई प्रसन्न पार्न गरिने कामनारहित श्रद्धापूर्वकको प्रेम । यसका मुख्य दुई भेद छन् - ‘गौणी’ (साधन अवस्थाको भक्ति) र ‘पराभक्ति’ वा ‘परभक्ति’ (सिद्ध अवस्थाको भक्ति) । यसमध्ये गौणी भक्तिका दुई भेद छन् - ‘वैधी’ - विधि, निषेध आदि शास्त्रवचनअनुसारको भक्ति, ‘रागानुगा’ - प्रेमलाई नै मुख्य मानिएको भक्ति । भनाइ छ-
“स वै पुंसां परो धर्मो यतो भक्तिरधोक्षजे ॥
अहैतुक्यप्रतिहता ययात्मा संप्रसीदति ॥”
(श्रीमद्भागवत १ ।२ ।६) ।
“अहैतुक्यव्यवहिता या भक्तिः पुरुषोत्तमे ॥
सालोक्यसार्टिसामीप्यसारूप्यैकत्वमप्यत ॥
दीयमानं न गृह्णन्ति विना मत्सेवनं जनाः ॥
स एव भक्तियोगाख्य आत्यन्तिक उदाहृतः ॥”
(श्रीमद्भागवत) स्कन्द पुराणमा छ किसिमको भक्ति बताइएको छ - मानसी (मनले गरिने), वाचिकी (बोलीले गरिने), कायिकी (शरीरले गरिने), लौकिकी (लोकाचारले गरिने), वैदिको (वैदिक मन्त्रद्वारा गरिने) र आध्यात्मिकी (अध्यात्मज्ञानद्वारा गरिने) (स्कन्दपुराणे) । रामायण, भागवत, आदिमा नौथरी भक्ति बताएको छ । देवी भागवतको देवीगीतामा भक्तिका तीन भेद बताइएका छन् - सात्त्विककी, राजसी र तामसी । ‘सात्त्विकभक्ति’ - सेवक बनी कर्म गर्नु कर्तव्य सम्झी गरेको कर्म ईश्वरप्रीतिको लागि ईश्वरमा समर्पण गरिने भक्ति । ‘राजसीभक्ति’ - यश, भोगको कामनाले ईश्वरबाट आफू अलग सम्झी फल प्राप्ति र भोग प्राप्त गर्न गरिने भक्ति । ‘तामसीभक्ति’ - अर्कालाई सताउन दम्भ, मात्सर्य, क्रोध गर्दै गरिने भक्ति । उपर्युक्त तीन किसिमभन्दा माथिल्लो तहको भक्तिलाई देवी गीतामा पराभक्ति (हे० पराभक्ति) र श्रीमद्भगवद् गीतामा अनन्यभक्ति (गीता ११/५५) अव्यभिचारिणी भक्ति (गीता १३ । १०) अथवा अव्यभिचारी भक्तियोग (गीता १४ । १६) भनिन्छ । ‘उत्तमाभक्तिः’ - श्रीकृष्णबाहेक अरू कुनै पनि विषयमा इच्छा नभएको ज्ञान, कर्म आदिबाट नढाकिएको र अनुकूल भावले श्रीकृष्णको चिन्तन गरिने भक्ति उत्तमा भक्ति मानिन्छ । भनाइ छ-
“अन्याभिलाषिता शून्यं ज्ञानकर्माद्यनावृतम् ॥
आनुकूल्येन कृष्णानुशीलनं भक्तिरुत्तमा ॥
(भक्तिरसामृत) कायिक वाचिक मानसिक यी तीनै उपाधिबाट रहित ईश्वरमा शरण पर्दा बिलकुल सफा इन्द्रियद्वारा श्रीकृष्णको सेवा गर्नुलाई उत्तमाभक्ति भनिन्छ । भनाइ छ-
“सर्वोपाधिविनिर्मुक्तं तत्परत्वेन निर्मलम् ॥
हृषीकेण हृषीकेशसेवनं भक्तिरुच्यते ॥”
(नारदपञ्चरात्र) । ४. अंश छुट्टाउने काम,
५. भाग लगाइ,
६. श्रद्धा,
७. सम्मान,
८. सजावट,
९. विशेषण,
१०. पूजा,
११. सेवा,
१२. विश्वास,
१३. रचना,
१४. स्नेह,
१५. गौणवृत्ति,
१६. च्यामे / भङ्गी,
१७. एक वर्णवृत्त जसको प्रत्येक चरणम तगण यगण तथा अन्तमा दुई गुरु हुन्छन्,
१८. जैनमतअनुसार त्यस्तो ज्ञान जसमा हुनसम्म आनन्द हुन्छ औ सर्वप्रिय अनन्य प्रयोजन विशिष्ट र वितृष्णा बढाउने हुन्छ,
१९. कुनै मान्यजनप्रति हुने श्रद्धा वा सम्मान ।