भद्रा (स्त्रीलिङ्ग)
अर्थ−
१. सानो जीरी,
२. अपराजिता,
३. बलु,
४. नीर (बोट),
५. चंसुर,
६. पारसी बोझो,
७. मोथे,
८. हलेदो,
९. शमी,
१०. सेतो दूबो,
११. काफल,
१२. अजय पालको बोट,
१३. गाई,
१४. आकाश गङ्गा,
१५. कृष्णकी पत्नी केकय राजाकी छोरी,
१६. पृथ्वी,
१७. दुर्गा,
१८. सुभद्रा,
१९. फलित ज्योतिषअनुसार द्वितीया, सप्तमी र द्वादशी तिथि,
२०. भद्रायोग,
२१. बाधा,
२२. कटहर,
२३. बाटो,
२४. लडाइँको एक शक्ति,
२५. कामरूप देशको एक नदी,
२६. छायाँबाट जन्मेकी सूर्यकी एक कन्या,
२७. उपजाति छन्दको दर्शी भेद ।