भर्तृहरिः (पुंलिङ्ग)
अर्थ−
उज्जयिनीका राजा विक्रमादित्यका भाइ संस्कृतका प्रकाण्ड एक विद्वान् । यी गन्धर्वसेनबाट दासीमा जन्मिएका थिए । यिनको नाम सुरुमा हरि थियो, केही समय उज्जयिनीका राजा भएकोले यिनको नाम ‘भर्तृहरि’ भन्ने रह्यो । पत्नीको दुश्चरित्रबाट खिन्न भएर राज्य छोडी गोरखनाथलाई गुरु मानेर यिनले संन्यास लिए । त्यसपछि व्याकरणको वाक्य पदीय, शृङ्गारशतक, नीतिशतक, वैराग्यशतक, सारग्रन्थ आदि कृतिहरूको रचना गरे ।