भवानीव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
कुनै पनि तृतीयाका दिन पार्वतीको प्रतिमामा पूजा गर्ने गरी एकवर्षसम्म अनुष्ठान गर्ने व्रत,
२. लिङ्गपुराणअनुसार वर्षभर पूर्णिमा वा अमावास्याका दिन उपवास बसी वर्षको समाप्तिमा सुगन्धित द्रव्यसहित पार्वतीको प्रतिमा दान गर्ने व्रत,
३. मत्स्यपुराण अनुसार तृतीयातिथिमा नक्तपद्धतिअनुसरण गर्ने र एकवर्षसम्म अनुष्ठान गरी अन्त्यमा गोदान गर्ने व्रत ।