भागः (पुंलिङ्ग)
अर्थ−
१. अंश/ हिस्सा,
२. हिस्सा छुट्याउनु,
३. भाग्य,
४. कुनै वस्तुको टुक्रा,
५. वृत्तका व्यासको तीन सय साठीयौँ अंश,
६. कुनै राशिको बिसौँ अंश,
७. गणितको भागफल,
८. ठाउँ,
९. गणितमा ठुलो संख्यालाई सानो संख्याले टुक्रा पार्ने क्रिया । जस्तै – ८ भाग २ = ४,
१०. पूर्वाफाल्गुनी नक्षत्र,
११. ऐश्वर्य/वैभव,
१२. प्रातःकाल,
१३. भाग्यरेखा लेखिने ठाउँ/निधार ।