भारतम् (नपुंसकलिङ्ग)
अर्थ−
१. भारत वर्ष,
२. महाभारत ग्रन्थ,
३. लामो कथा,
४. ठुलो लडाइँ,
५. अङ्ग प्रत्यङ्गमा तरवार चलाउनु,
६.भारतको वंश । भनाइ छ-
“भारताद्भारती कीर्तिर्येनेदं भारतं कुलम् ॥
अपरे ये च पूर्वे वै भारता इति विश्रुताः ॥”
(महाभारत, आदिपर्व ७४ । १३१) ।
भारत (विशेषण)
अर्थ−
१. भरतको वंश,
२. भारत वर्षको ।
भारतः (पुंलिङ्ग)
अर्थ−
१. भरतको वंशमा पैदा भएको पुरुष,
२. भारत वर्षको बासिन्दा,
३. अभिनय देखाउने नटुवा,
४. अग्नि ।