संस्कृत-शब्दकोशः

भारतखण्ड भारती

भारतवर्ष

भारतवर्षः (पुंलिङ्ग)


व्युत्पत्ति− भारतं भरतसम्बन्धि वर्षम्
प्रयोग− "भरतो ज्येष्ठः श्रेष्ठगुण आसीद्येनेदं वर्षं भारतमिति व्यपदिशन्ति"
उल्लेख− भाग० ५-४-९

अर्थ−
दक्षिण एसियाको प्रसिद्ध एक ठुलो देश । यो नेपालको दक्षिण, हिन्दमहासागरको उत्तर, वर्मा र बङ्गलादेशको पश्चिम र पाकिस्तान अफगानिस्तानको पूर्वमा पर्छ । श्रीमद्भागवत र नारद पुराणअनुसार ऋषभ देवका छोरा भरतको नामबाट अजनाभखण्डको नाम भारतवर्ष रहन गएको हो । (श्रीमद्भा. ५/४/८ -१३) । महाभारतअनुसार दुष्यन्त र शकुन्तलाको छोरा भरतबाट भारत नाम रहेको हो । ‘भारताद्भारती कीर्तिः’ (महाभारत, आदिपर्व ७४/१३१) । महाभारतको भीष्मपर्वमा वर्षपर्वतको बीचमा भारत वर्ष छ भन्ने छ । ‘इदं तु भारतं वर्षम्’ (महाभारत, आदिपर्व ६/७) । उक्त भारतवर्ष नौ खण्डमा बाँडिएको छ जसका नामहरू- इन्द्रद्वीप, कशेरु, ताम्रपर्ण, गभस्तिमान, नागद्वीप, सौम्यद्वीप, गान्धर्वद्वीप, वारुणद्वीप र कुमारिकाखण्ड । भनाइ छ-

“भारतस्यास्य वर्षस्य नव भेदान्निबोधत ॥
इन्द्रद्वीपः कशेरुश्च ताम्रपर्णो गभस्तिमान् ॥
नागद्वीपस्तथा सौम्यो गान्धर्वस्त्वथ वारुणः ॥
अयं तु नवमस्त्वेषां द्वीपः सागरसंवृतः ॥
योजनानां सहस्रन्तु द्वीपोऽयं दक्षिणोत्तरः ॥
आयतस्तु कुमारीतो गङ्गायाः प्रभवावधिः ॥
तिर्यगूर्ध्वन्तु विस्तीर्णः सहस्त्राणि दशैव तु ॥
(मात्स्यपुराण) ।



Correction: