भिक्षा (स्त्रीलिङ्ग)
अर्थ−
१. सेवा/नोकरी,
२. मयूरी/ज्याला,
३. किराया/भाडा,
४. भीख माग्नु,
५. गुरु,
६. परिवारलाई ख्वाउन वा आफ्नो जीविका चलाउन मागिने अन्न । जसका धर्मशास्त्रमा चार भेद छन् - एक गाँस बराबरको - ‘भिक्षा’ (स्त्री.), चार गाँस बराबरको - ‘पुष्कलम्’ (न.), सोह्र गाँस बराबरको - ‘हंसः’ (पुं.), अठचालीस गाँस बराबरको - ‘अग्रम्’ (न.) । भनाइ छ-
“ग्रासमात्रा भवेद्भिक्षा पुष्कलं तच्चतुर्गुणम् ॥
हंसस्तु तैश्चतुर्भिः स्यादग्रं तत्त्रिगुणं भवेत् ॥”
(शातातप) मार्कण्डेयपुराणमा भिक्षाका तीन भेद - एक गाँस बराबरको ‘भिक्षा’ (स्त्री.), चार गाँस बराबरको - ‘अग्रम्’ (न.), सोह्र गाँस बराबरको - ‘हन्तकारः’ (पुं.) । भनाइ छ-
“ग्रासप्रमाणं भिक्षा स्यादग्रं ग्रासचतुष्टयम् ॥
अग्रं चतुर्गुणं प्राहुर्हन्तकारं द्विजोत्तमाः ॥”
(मार्कण्डेयपुराण २९/३५) ।