भूसंस्कारः (पुंलिङ्ग)
अर्थ−
यज्ञ गरिने वेदि वा कुण्डमा गरिने पाँचथरी संस्कारविशेष । यसमा (बनाइएको वेदी वा कुण्डमा) १. तीन कुशले धुलो बडार्नु,
२. गोबरपानीले लिप्नु,
३. स्फ्यले वा सुरोले पूर्व हुने गरी तीन रेखा कोर्दै उत्तर बढाउनु,
४, साहिँली औँला र औँठोले तीनै रेखाबाट क्रमैले माटो निकालेर ईशानकोणमा फ्याँक्नु,
५. मणिकपात्रको वा कमण्डलुको पानी छर्कनु यी पाँच कर्म हुन्छन् । यिनैलाई भूसंस्कार वा पञ्चभूसंस्कार भनिन्छ । भनाइ छ- ‘स्थण्डिले कुण्डे वा त्रिभिर्दभैः परिसमूहनम्, पांसूनामपसारणम्, गोमयोदेकेनोपलेपनम्, खादिरेण खड्गाकृतिना स्फ्येन तदभावे श्रुवेण उतक्संस्थाः प्रागग्रास्तिस्रो रेखाः कृत्वा अनामिकाङ्गुष्ठेन यथोल्लेखनक्रमं रेखाभ्यः पासूनुद्धृत्य ईशानकोणे निक्षेपः, मणिकपात्रसत्त्वे तदुदकेन तदभावे कमण्डलूदकेनाभ्युक्ष्य इति पञ्चभूसंस्कारान् कृत्वा ...’ (संस्कारदीपक, प्रथमभाग) ।