संस्कृत-शब्दकोशः

भौत्य भौम

भौत्यमनु

भौत्यमनुः (पुंलिङ्ग)


अर्थ−
अङ्गिराका भूति नामको छोरा अतिक्रोधी र तेजस्वी थिए । सन्तानको इच्छाले तप गर्दा सफल नहुँदा तप गर्न छाडेका थिए । भूतिको भाइ सुवर्चाले यज्ञ गर्न भूतिलाई बोलाए । यज्ञमा जाने वेला भूतिले शान्ति नामको चेलालाई आफ्नो आश्रमको अग्नि निभ्न नपाओस् भनेर गए । शान्ति वनमा दाउरा फल लिन जाँदा अग्नि निभेछ र शान्तिले अग्निको स्तवन गर्दा अग्नि प्रकट भएर वर माग भनेछन् । शान्तिले आश्रमको अग्नि फेरि बलोस्, गुरु भूतिको गुणी छोरो होओस् र छोरामा जस्तो सबैमा गुरुको प्रेम होस् भन्ने ३ वर मागेछन् । वरदान दिएर अग्नि अन्तर्हित भएछन् । आश्रमको अग्नि बलेको देखेर खुसी भएका शान्तिसँग गुरु भूति आएर सोधेछन् - शान्ति, तिमी र अरूमा पनि मेरो अत्यन्त मित्रता कसरी उब्जिन गयो, जान्दछौ भने भन । अनि शान्तिले सबै कुरा बताउँदा खुसी भएर गुरुले साङ्गोपाङ्ग वेद पढाएछन् । तिनै भूतिको छोरा भौत्यमनु भए ।



Correction: