भौम (विशेषण)
अर्थ−
१. भुइँसम्बन्धी,
२. भुइँबाट उत्पन्न,
३. मङ्गलग्रह सम्बन्धी ।
भौमः (पुंलिङ्ग)
अर्थ−
मङ्गलग्रह । यसका दुईवटा चन्द्रमा छन् । एउटाको नाम फोबस र अर्काको नाम ‘डाइमस’ छ । भौमलाई पृथ्वीको पुत्र मानिएको छ । यो ग्रह पहिले पृथ्वीजस्तै थियो । विस्तारै सेलाउँदै गयो । अहिले पनि यस ग्रहको बारेमा वैज्ञानिकहरूले निकै अनुसन्धान गरिरहेका छन् । यसमा पानीको सम्भावना छ भन्ने वैज्ञानिकहरूको धारणा छ । भौमको बारेमा अर्वाचीन ज्योतिर्विज्ञानमा यसरी लेखिएको छ - ‘भौमः कदाचित् पृथिवीसदृश आसीत् । शनैः शनैभौमः शीतलोऽभवत्, अधुना यद्यपि चन्द्रवद्