संस्कृत-शब्दकोशः

मत्स्यिनीसीमा मत्स्येन्द्रासन

मत्स्येन्द्रनाथ

मत्स्येन्द्रनाथः (पुंलिङ्ग)


अर्थ−
नाथ सम्प्रदायका आदि आचार्य कौल ज्ञानी महान् योगी । यिनका गुरु जालन्धर नाथ र शिष्य गोरखनाथ हुन् । कुनै समयमा एक ब्राह्मण दम्पत्तीको छोरो जन्म्यो । ज्योतिषीले त्यस बालकलाई अलच्छिना छ भनेपछि त्यसलाई समुद्रमा फ्याँकियो । त्यस बालकलाई पोथी माछाले निल्यो । त्यसैबेला समुद्र किनारमा शिवले पार्वतीलाई अमर कथा सुनाउँदै थिए । बालकलाई निल्ने माछी त्यहीं पुगेकी थिई । तर पार्वती निदाएको हुँदा माछीको पेटमा रहेको त्यस बालकले कथाको समर्थन गर्दै अँ अँ भन्दै अमर कथा सुन्दा सुन्दै पूर्ण ज्ञानी बनेर माछीको पेटबाट निस्केर शिवको शरण पऱ्यो । शिवले बालकको परिचय पाएर पार्वतीलाई तिम्रो छोरो लेऊ भनी काखमा राखिदिए । त्यस बालकलाई शिव पार्वतीले ‘मत्स्येन्द्रनाथ’ नाम राखिदिए र योगविद्या प्रचार गर्ने दायित्व सुम्पिए । मत्स्येन्द्रनाथ कामरूपीठ (कामाक्षी)मा थिए । त्यस बेला नेपालमा बाह्र वर्ष अनावृष्टि भयो र राजा नरेन्द्रदेवले बन्धुदत्त तान्त्रिकलाई लिएर कामाक्षीमा गई तन्त्रको प्रभावले सुवर्णकलशमा आवाहन गरी भ्रमररूपमा मत्स्येन्द्रनाथलाई नेपालमा ल्याए । त्यसपछि वर्षा भयो । अनि नेपालको ललितपुरमा मन्दिर बनाई मत्स्येन्द्रनाथलाई राखियो । चैत्रको सुरुमा यात्रा चलाउने र भोटो देखाउने प्रथा त्यसैबेलादेखि चलेको हो । यिनलाई रातो मत्स्येन्द्रनाथ भनिन्छ ।



Correction: