मधुमती (स्त्रीलिङ्ग)
अर्थ−
१. मरुई लहरो,
२. खमारी,
३. गङ्गा,
४. एक प्राचीन नदी,
५. मधु दैत्यकी छोरी,
६. नर्मदा नदीको शाखाविशेष,
७. योगअनुसार समाधिको अवस्था जसमा अभ्यास र वैराग्यको कारण रजोगुण र तमोगुण हटेर सत्त्व गुणको पूर्णप्रकाश प्राप्त हुन्छ,
८. तान्त्रिकशास्त्रमा वर्णित एक देवी, जसको उपासना र सिद्धिले मानिस जहाँ इच्छा गयो त्यहीं जान सक्छ,
९. एक वर्णवृत्त, जसको प्रत्येक चरणमा दुई नगण र एक गुरु रहन्छ ।