मध्यस्थ (विशेषण)
अर्थ−
१. मझौला,
२. बीचमा रहेको/तटस्थ ।
मध्यस्थः (पुंलिङ्ग)
अर्थ−
१. दुई थरीमा झगडा हुँदा संझौता गराउने मानिस,
२. दुई दल वा दुई पक्षको बीचमा रहेर ऊनीहरूको आपसी व्यवहार वा लेनदेनमा केही फाइदा दिलाई लाभ उठाउने मानिस । जस्तो - उत्पादक र उपभोक्ताहरूमा व्यापारी,
३. दुई पक्षमध्ये कतै पनि नलागेको मानिस/तटस्थ,
४. आफ्नो हानि नगराई पराइको उपकार गर्ने व्यक्ति,
५. कसैको झगडा विरोध आदि हटाउन चुनिएको व्यक्ति,
६. शिव ।