संस्कृत-शब्दकोशः

मरुत मरुत्कर

मरुत्

मरुत् (पुंलिङ्ग)


निष्पत्ति− मृङ् (प्राणित्यागे) - "उतिः" (उ० १-९४)
प्रयोग− "परिरेभिरेऽभिमुखमेत्य सुखाः सुहृदः सखायमिव तं भक्तः"
उल्लेख− किरा० ६-३

अर्थ−
१. मरुवा फूल,
२. सौन्दर्य,
३. बृहद्रथ राजा. ४. एक साध्यदेव,
५. सुन,
६. प्राण वायु,
७. हावा / वायु,
८. वायुका अधिष्ठाता देवता जसको सङ्ख्या ४९६ (गरुड पुराण आदिमा मरुत्को नाम भेद देखिन्छ) छ तर वायु पुराणमा मरुत्को सङ्ख्या ४९ दिइएको छ -सत्त्वज्योति, आदित्य, सत्यज्योति, तिर्यक्ज्योति, सज्योति, ज्योतिष्मान्, हरित, ऋतजित्, सत्यजित्, सुषेण, सेनजित्, सत्यमित्र, अभिमित्र, हरिमित्र, कृत, सत्य, ध्रुव, धर्ता, विधर्ता, विधारय, ध्वान्त, धुनि, उग्र, भीम, अभियु, साक्षिप, ईदृक्, अन्यादृक्, यादृक्, प्रतिकृत, ऋक्, समिति, संरम्भ, ईदृक्ष, पुरुष, अन्यादृक्ष, चेतस, समिता, समदृक्ष, प्रतिदृक्ष, मरुति, सरत, देव, दिश, यजुः, अनुदृक्, साम, मानुष र विश् (वायुपुराण) । महाभारतअनुसार मङ्कण मुनिको वीर्यबाट सात मरुद्गण उत्पन्न भए- वायुवेग, वायुबल, वायुहा, वायुमण्डल, वायुज्वाल, वायुरेता र वायुचक्र । यिनै मरुद्गण कल्पान्तमा दितिको गर्भमा इन्द्रको वज्रले काटिएर ४९ हुन गए । भनाइ छ-

“शृणु मङ्कणकस्यापि..... ॥
सप्तधा प्रविभागंतु... ॥
एवमेते समुत्पन्ना मरुतां जनयिष्णवः ॥
(महाभारत, श.प.) ।


मरुत् (नपुंसकलिङ्ग)


अर्थ−
समयो (रूख) ।



Correction: