संस्कृत-शब्दकोशः

महाकाली महाकाव्यसम्बद्ध

महाकाव्य

महाकाव्यम् (नपुंसकलिङ्ग)


अर्थ−
१. पद्यकाव्यका शैलीका ६ भेद मध्येको एक काव्य वा काव्यग्रन्थ । यसमा ऐतिहासिक, धार्मिक वा उच्च सामाजिक कथा वा प्रसङ्गलाई आधार मानेर काव्य रचना सुरु गरिन्छ । यसमा ठाउँअनुसार गुप्त सल्लाह, दूत पठाउनु, लडाइँ, समुद्र, सहर, पर्वत, ऋतु, सूर्य, चन्द्र, आश्रम, वृक्ष, बगैँचा, जलक्रीडा, मधुपान, दूतीवचन, कुलटा चरित्र, रतिसम्बन्धी वर्णन, अन्धकार, वायु आदिको वर्णन गरिएको हुन्छ । अनुष्टुभ्, उपेन्द्रवज्रा, इन्द्रवज्रा, शक्वरी, अतिशक्वरी, अतिजगती, त्रिष्टुभ्, पुष्पिताग्रा आदि छन्दको प्रयोग यसमा गरिन्छ । शृङ्गार, वीर तथा शान्त रसमध्ये कुनै एकलाई प्रधान रस बनाइएको हुन्छ । बीचबीचमा अरू रस अङ्गरसका रूपमा आउँछन् । साथै अलङ्कार, व्यङ्गय आदि को पनि प्रयोग भएको हुन्छ । यसको नायक कुनै देवता राजा या धीरोदात्त गुणसम्पन्न क्षत्रिय हुनु जरूरी छ,
२. ठुलो वा श्रेष्ठ काव्य । भनिएको छ-

“सर्गबन्धो महाकाव्यमुच्यते तस्य लक्षणम् ॥
आशीर्नमस्किया वस्तुनिर्देशो वाऽपि तन्मुखम् ॥
इतिहासकथोद्भूतमितरद्वा सदाश्रयम् ॥
चतुर्वर्गफलोपेतं चतुरोदात्तनायकम् ॥
नगरार्णवशैलर्तुचन्द्रसूर्य्याऽऽदिवर्णनैः । अलङ्कृतमसङ्क्षिप्तं रसभावनिरन्तरम् ॥
सर्गैरनतिविस्तीर्णैः श्रव्यवृत्तैः सुसन्धिभिः । सर्वत्र भिन्नवृत्तान्तैरुपेतं लोकरञ्जकम् ॥
काव्यं कल्पान्तरस्थायि जायते सदलङ्कृति ॥
(काव्यादर्श) ।



Correction: