महानदी (स्त्रीलिङ्ग)
अर्थ−
१. मैनाक पहाडबाट निस्केर पूर्वतिर ५५० माइल बगेर मध्यप्रदेश र उडीसा प्रान्त हुँदै कटकको नजिक बङ्गालको खाडीमा मिसिने नदी,
२. पुराणअनुसार निम्न लिखित बाह्र नदीहरू -गोदावरी, भीमरथी, तुङ्गभद्रा, वेणिका, तापी, पयोष्णी, भागीरथी, नर्मदा, यमुना, सरस्वती, विशोका र वितस्ता ।
“भागीरथी नर्मदा च यमुना च सरस्वती ॥
विशोका च वितस्ता च विन्ध्यस्योत्तरसंस्थिताः ॥
द्वादशैता महानद्यो देवर्षिक्षेत्रसम्भवाः ॥”
(निर्णयसिन्धु) ३. फल्गु नदी, ‘महानदीफल्गूः’ (श्राद्धमयूख) ४. चौबीस योजनभन्दा धेरै लामो बग्ने वा समुद्रमा मिसिन जाने नदी (श्राद्धमयूख) ।