महाभारतम् (नपुंसकलिङ्ग)
अर्थ−
१.ठुलो झगडा,
२. ठुलो लडाइँ,
३. संस्कृत भाषाको द्वापरकालीन प्रसिद्ध इतिहास । यो ग्रन्थ व्यासले भन्ने र गणेशले लेख्ने गरी एक लाख श्लोकमा धर्म, राजनीति, युद्ध, आध्यात्मिक आदि अनेक विषय राखी लेखिएको हो । प्राचीनकालमा सबै देवता जुटेर तराजुको एकतिर चार वेद र अर्कोतिर महाभारत तौलदा रहस्यसहित चार वेदभन्दा महाभारत गहौं हुन गएकाले र महत्त्व, गुरुत्व आदि गुण र भरतवंशी राजाहरूको वृत्तान्त भएकाले महाभारत नाम रहेको हो । दिनहुँ सबेरै उठेर लेख्न सुरु गर्दा यसलाई पूरा गर्न तीन वर्ष लागेको हो । यसमा अठार पर्व छन् ।