महारथः (पुंलिङ्ग)
अर्थ−
१. ठुलो रथ,
२. आफूलाई सारथि र घोडाको रक्षा गरी एक्लै दश हजार योद्धासँग लड्न सक्ने योद्धा / कमाण्डर इनचीफ । भनाइ छ-
“आत्मानं सारथिं चाश्वान् रक्षन्युध्येत यो नरः ॥
स महारथसंज्ञः स्यात्....... ॥”
मतान्तरमा - शस्त्र र शास्त्रको विशेषज्ञ वीर पुरुष, जसले एक्लै दश हजार धनुर्धारी वीरहरूसँग लड्न सक्छ त्यो महारथ कहलाउँछ । भनाइ छ-
“एको दशसहस्राणि योधयेद्यस्तु धन्विनाम् ॥
शस्त्रशास्त्रप्रवीणश्च स महारथ उच्यते ॥
युद्धशास्त्रको विशेषज्ञ वीर, एक्लै नै रथको सहायताबाट हुङ्कार गर्दै शत्रुहरूसँग लड्न सक्छ । भनाइ छ-
“रथेनैकेन यःशत्रुन् साहङ्कारो वज्रत्यलम् ॥
महारथः स विज्ञेयो युद्धशास्त्रविशारदः ॥”