मागधः (पुंलिङ्ग)
अर्थ−
१. मगध देशको राजा,
२. वैश्य पिता, क्षत्रिय माताबाट उत्पन्न एक वर्णसङ्कर जाति, जसले राजा वा आफ्नो यजमानको वंशावलीको गान गर्छन् । पुराणअनुसार ब्रह्माको यज्ञमा सोमरस निकाल्दा यिनको उत्पत्ति भएको हो,
३. जीरा,
४. जरासन्ध । ‘तस्मिन्नेव महायज्ञे जज्ञे प्राज्ञोऽथ मागधः’ (हरिवंश) ।