मातङ्गिनी मुद्रा (स्त्रीलिङ्ग)
अर्थ−
घाँटीसम्म पानीमा डुबेर बसी दुबै नाकको प्वालले पानी तानेर मुखद्वारा फाल्ने र मुखले पानी तानेर नाकद्वारा फाल्ने काम बारम्बार गरिंदा हुन जाने हठक्रियाको मुद्राविशेष । भनाइ छ-
“कण्ठमग्ने जले स्थित्वा नासाभ्यां जलमाहरेत् ॥
मुखानिर्गमयेत् पश्चात् पुनर्वक्त्रेण चाहरेत् ॥
नासाभ्यां रेचयेत्पश्चात् कुर्यादेवं पुनःपुनः ॥
मातङ्गिनी परा मुद्रा जरामृत्युविनाशिनी ॥”
(घरण्डसंहिता) ।