संस्कृत-शब्दकोशः

मात्रक मात्राछन्दस्

मात्रा

मात्रा (स्त्रीलिङ्ग)


निष्पत्ति− मा (माने) - "त्रन्" (उ० ४-१६७)
व्युत्पत्ति− मायते अनया

अर्थ−
१. नाप तौल,
२. एक पटकमा खान तोकिएको ओखतीको नाप,
३. अ आ इ आदि स्वर वर्ण जुन व्यञ्जन वर्ण लेख्दा कान्दानी (का), बाइमात्रा (कि), दाहिना (की), तर्कुल्ले (कु), बर्धन्ने (कू), एकलख(के), दुइलख (कै), लक्कानो (को), दोलक्कानो (कौ), शिरविन्दु (कं), दवास विन्दु (कः) का रूपमा व्यञ्जनवर्णसँग टाँसिन्छन्,
४. कुनै वस्तुको कुनै निश्चित सानो भाग,
५. कानको गहनाविशेष,
६. इन्द्रिय जसद्वारा विषयहरूको अनुभव हुन्छ,
७. शक्ति,
८. परिच्छेद,
९. अङ्ग/अवयव,
१०. रूप,
११. गहना,
१२. संसार,
१३. धन,
१४. तत्त्व,
१५. अणु वा अंश,
१६. कामको (‘राजेति कियती मात्रा’) यहाँ राजा कुन कामका हुन् भन्ने अर्थ हुन्छ,
१७. सङ्गीतमा गीत वा बाजाको त्यति काल जति एक स्वरको उच्चारणमा लाग्छ । जस्तै - तबला आदिमा एक वा तीन पटक हान्दा दुई वा तीन मात्रा हुन जान्छ, यस्तै आठ वा सोह्र पटक हान्दा कहरूवा वा त्रितालको मात्रा बन्न जान्छ । यसै गरी मात्रा भित्रै सबै तालहरू बनेका हुन्छन्,
१८. छन्दशास्त्रमा कला ।



Correction: