माधुर्यम् (नपुंसकलिङ्ग)
अर्थ−
१. मीठोपन,
२. गुलियोपन,
३. राम्रोपन,
४. पाञ्चाली रीतिअन्तर्गत काव्यको एक विशेषता, जसद्वारा चित्त ज्यादै प्रसन्न हुन जान्छ,
५. सात्त्विक नायकको एक गुण,
६. वाक्यमा एकभन्दा बढी अर्थहरू हुनु,
७. चित्तको द्रवीभावमय आनन्द दिने काव्यको एक गुण । भनाइ छ- ‘चित्तद्रवी भावमयो ह्लादो माधुर्यमुच्यते ।’ (साहित्यदर्पण) ।