संस्कृत-शब्दकोशः

मार्जक मार्जना

मार्जन

मार्जनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− मृजू (शौचालङ्कारयोः) +

अर्थ−
१. माज्नु,
२. सफा गर्नु,
३. पुछ्नु,
४. मेट्नु,
५. बुकुवा लगाई स्नान गराउनु,
६. कुशद्वारा (हवन वा पूजा गरिने ठाउँमा) पानी छर्केर शुद्ध पार्नु,
७. भूल दोष आदि हटाउनु,
८. तीर्थ वा देवताको चरणको जल शिरमा छर्कनु,
९. विश्वामित्र कल्पअनुसार मार्जन गर्दाको प्रकार । से - स - थ भनी तीन पटक आकाशमा, व - व - र भनी तीन पटक शिरमा, न - न - न - भनी तीन पटक पृथ्वीमा यस प्रकार नौ पटक मार्जन गर्नुपर्छ,
१०. पुरश्चरण सप्ताह आदिमा तर्पण गरेपछि तर्पणको दशांशले मन्त्रको अन्तमा ‘नमः’ भन्दै कुम्भमुद्रा (हातको) बनाएर आफ्नो शिरमा जल छर्किनु । से, स, थ, व, व, र, न, न, न यी ९ अक्षरले ‘आपो हिष्ठा मयोभुवः’ इत्यादि तीन मन्त्रभित्र रहेका ९ चरणरूप मन्त्रहरूको अन्तमा रहेका वर्णहरूलाई इङ्गित गरेको छ ।


मार्जनः (पुंलिङ्ग)


अर्थ−
१. लोध,
२. धोबी ।



Correction: