माला (स्त्रीलिङ्ग)
अर्थ−
१. पङ्क्ति/कतार,
२. समूह/थुप्रो,
३. दूबो,
४. बिजुलीको लहर,
५. फूलको गजरा,
६. नदीविशेष,
७. भुइँअमला,
८ उपजाति छन्दको एक भेद,
९. धागो तार आदिमा लहरै मोती फूल आदि उनेर बनाइने त्यो वस्तु, जुन गर्दनमा लगाउन वा कुनै चिज सिङार्न, जप गर्नमा प्रयोग गरिन्छ । मानिस वा वस्तु सिँगार्ने माला । माला जनैझैँ छड्के पारी लगाइने ‘वैकक्षम्’ (न.), माला घाँटीदेखि छातीसम्म सोझो गरी रहने - ‘प्रालम्बम्’ (न.), माला हृदयसम्म रहने- ‘आमोदशालिनी’ (स्त्री.), माला सबै ठाउँ ढाकेर रहने- ‘वैकक्षिका’ (स्त्री.), माला नाइटोको मुनिसम्म रहने- ‘कौसुमी’ (स्त्री.),माला नाइटोभन्दा धेरै मुनि रहने- ‘अधोरिणी’ (स्त्री.), माला गोलीगाँठोसम्म रहने (वनमालाको लक्षण हे० वनमाला)- ‘वनमाला’ (स्त्री.), माला सानो किसिमको - ‘मालिका’ (स्त्री.), माला शिरमा लपेटेको - ‘आपीडा’ (स्त्री.), माला शिरदेखि धेरै तलसम्म रहने फूलको माला- ‘प्रभ्रष्टम्’ (न.), माला रेसमको डल्लोको - ‘पवित्रा’ (स्त्री.), माला कृष्णको - ‘विजया’ (स्त्री.), माला पाँच रङको फूलको - ‘वैजयन्तिका’ (स्त्री.) । भनाइ छ-
“पतेत् हृदयपर्यन्तं या मालाऽऽमोदशालिनी ॥
वैकक्षिका सा विज्ञेया सर्वावयवसंस्थिता ॥
अधोवलम्बिनी नाभेः कौसुमीया स्रगुच्यते ॥
साधोरिणी परिज्ञेया मध्यमा पूर्वतोऽधिका ॥
आगुल्फस्त्रंशिनी या तु पादपद्योपरि स्थिता ॥
वनमालेति सा ख्याता सर्वाभ्यः स्रग्भ्य उत्तमा ॥”
जपकालका माला तीनथरी हुन्छन्- लौकिकी माला, करमाला र मानसी माला । भनाइ छ-
“प्रथमा लौकिकी माला द्वितीया करमालिका ॥
तृतीया मानसी माला जपकाले फलप्रदा ॥”
मालाझैँ बनाउँछ - ‘मालाति’ (नामधातु), माला लगाएको- ‘मालिम’ (वि.), माला सुनको- ‘प्रालम्बिका’ (स्त्री.), माला विष्णु भगवान्