मालिनी (स्त्रीलिङ्ग)
अर्थ−
१. मालीजातकी स्त्री,
२. चम्पा नगरी ३. स्कन्दकी सात माताहरूमध्ये एक,
४. सात वर्षकी कन्या,
५. दुर्गा,
६. अयोध्याको पचास माइल टाढा सरयूनदीमा मिसिने एक नदी जहाँ कण्वऋषिको आश्रम थियो,
७. आकाश गङ्गा,
८, कलिहारी,
९. राक्षसीविशेष,
१०. काठे बोटे दुरालभा,
११. रौच्य मनुकी माता,
१२. एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले दुई नगण, मगण, दुई यगण हुन्छन् । ‘ननमयययुतेयं मालिनी भोगिलोकैः’ (छन्दोमञ्जरी) ।