मिश्रः (पुंलिङ्ग)
अर्थ−
१. भलादमी वा प्रतिष्ठित मानिस,
२. ठूला विद्वान्का पछाडि जोडिने एक उपाधि,
३. ब्राह्मणको थरविशेष,
४. हात्तीविशेष,
५. रगत,
६. सन्निपात ज्वरो,
७. ज्योतिषअनुसार उग्र आदि सातथरी गणहरूमध्ये अन्तिम गण ।
मिश्र (विशेषण)
अर्थ−
१. मिसिएको,
२.जुटेको,
३. श्रेष्ठ ठुलो,
४. छुट्टाछुट्टै किसिमका रकमहरूका (जस्तै रुपैयाँ, आना, पाइ, मन, सेर, छटाक आदि) सङ्ख्या भएको ।
मिश्रम् (नपुंसकलिङ्ग)
अर्थ−
१. मिसिएको चिज,
२. ठुलो मूला,
३. पद्यकाव्यको एक भेद ।
हेरौँ- मिश्र् धातु