संस्कृत-शब्दकोशः

मुद्रणी मुद्राकार

मुद्रा

मुद्रा (स्त्रीलिङ्ग)


निष्पत्ति− मुद (हर्षे) - "रक्" (उ० १-१७०)
विस्तार− "मुद्रा प्रत्ययकारिणी" - त्रिकाण्ड०

अर्थ−
१. कुनै व्यक्ति वा संस्थानको छाप,
२. छापे औँठी,
३. रुपैयाँ, पैसा आदि सिक्का,
४. तक्मा,
५. सिसा वा रबड आदिको त्यो वस्तु, जसद्वारा अक्षर, फोटो आदि छापिन्छ/ टाइप,
६. कनफट्टा आदिले कानमा पहिरने काँच, स्फटिक आदिको चेप्टो र चाक्लो मुन्द्री जस्तो चिज,
७. आँखा, मुख आदि बन्द गर्ने वा छाप लगाएर बन्द गर्ने क्रिया,
८. हठयोगद्वारा शरीर वा हात गोडालाई दोब्य्राएर बनाइने आसनविशेष,
९. भनेर दिइने आज्ञापत्र,
१०. शिव, विष्णु आदि देवताको शङ्ख, चक्र आदि आयुधहरूको चिह्न, जुन भक्तजनले आफ्नो शरीरमा लेख्ने वा छपाउने गर्छन्,
११. मुखको आकार वा चेष्टा,
१२. तान्त्रिकको मतमा कुनै भुटेको अन्न वा खाने कुरा,
१३. अगस्त्य ऋषिकी पत्नी/लोपामुद्रा,
१४. त्यस्तो अलङ्कार, जसमा प्रकृत वा प्रस्तुत अर्थका बाहेक अरू पनि कुनै अभिप्राय निस्कन्छ,
१५. पूजा, होम आदिमा हात वा हातका औँला दोब्य्राएर बनाइने अङ्कुश, शङ्ख आदिको रूप, जसद्वारा देवताको मन प्रसन्न पार्दै भक्तप्रति दया गर्ने बनाउँछ । सबै देवतालाई प्रसन्न पार्ने र पापको थुप्रोलाई नाश पार्ने तथा सम्पूर्ण कर्ममा सिद्धि दिने, आफ्नो शरीरद्वारा विना प्रयास आत्मालाई प्रसन्न पार्ने, ग्रह आदिलाई खुसी गराउँदै पापलाई नाश पार्ने अर्थात् खुसी पार्ने र नाश पार्ने हुँदा मुद्रा भनिन्छ,
१६. पञ्चमकारमध्ये एक तत्त्व । (प्र.स.ई.) । भनाइ छ –

“मुदं कुर्वन्ति देवानां मनांसि द्रावयन्ति च ।। तस्मान्मुद्रा इति ख्याता दर्शितव्या कुलेश्वरि ।।” (कुलार्णव)

“मोदनात्सर्वदेवानां द्रावणात्पापसन्ततेः ।। तस्मान्मुद्रेयमाख्याता सर्वकामार्थसाधिनी ।।” (यामल) ।

“मुदं स्वरूपमालाभ्यां देहद्वारेण चात्मनः ।। या अर्पयन्त्ययत्नेन मुद्रास्ता शक्तयो मताः ।। मोदयन्ति ग्रहादिभ्यः पापौघान् द्रावयन्ति च ।। मोदनं द्रावणं यस्मादतो मुद्राः प्रकीर्तिताः ।।”



Correction: