संस्कृत-शब्दकोशः

मूला मूलाभ

मूलाधार

मूलाधारम् (नपुंसकलिङ्ग)


अर्थ−
१. कुण्डलिनी योगअनुसार षट्चक्रमध्ये गुदद्वार र अण्डकोशबीचको चक्र । यसमा सुन झैँ पहेँलो व- श - ष- स चार अक्षर भएको चार पत्र र बीचमा चार कुना परेको पृथ्वी मण्डलमा (लं) पृथ्वी बीज छ । त्यस बीजमा पहेँलो वर्ण भएका, हातमा वज्र लिएका इन्द्र बसेका छन् । बीचमा चार हातमा दण्ड, कमण्डलु, अक्षसूत्र र अभयमुद्रा लिएका बालकरूपका ब्रह्मा बसेका छन् । रातो कमलमाथि रातो रङकी ‘डाकिनी शक्ति’ छिन्, जसका ६ बाहुमा त्रिशूल, खड्ग, खट्वाङ्ग, चषक, अभय र वरमुद्रा छन् । कमलकेशरको बीचमा बिजुली झैँ चम्किलो त्रिकोण छ । त्रिकोणको बीचमा रातो वर्णको कामबीज (क्लीं) छ । त्यसमाथि खुब उज्यालो श्यामवर्णको स्वयम्भू लिङ्ग छ । त्यस स्वयम्भू लिङ्गमाथि साढे तीन पटक गुडुल्केर टाउको माथि पारी कुण्डलिनी शक्ति रहेकी छन् । बीचमा लट्ठीझैँ सोझो चित्कला छ । कमलको बाहिर वरिपरि आठ दिशामा सुन झैँ चम्किला आठ त्रिशूल छन् । तर ग्रन्थान्तरमा मूलाधार आदि षट्चक्रहरू फरक फरक रूप बताइएको छ,
२. नाइटो ।



Correction: