संस्कृत-शब्दकोशः

मृगित मृगीपति

मृगी

मृगी (स्त्रीलिङ्ग)


अर्थ−
१. पोथी मृग,
२. मूर्च्छा हुने एक रोग, जसमा रोगी एक्कासि कराएर लड्ने र हात, गोडा, शरीर बटार्ने, मुखबाट फिँज काढ्ने, आँखा चिम्लने वा टुलुटुलु हेर्ने, घ्यारघ्यार गर्दै सास फेर्ने आदि काम गर्छ । यो दिनमा चार पाँच पटक पनि हुन जाने, दिनहुँ वा पन्ध्र बीस दिनमा पनि हुने गर्छ, यसमा कुनै निश्चित छैन, यो हल्का र कडा हुन्छ,
३. कस्तूरी,
४. पहेँलो रङको एकथरी कौडी,
५. कश्यप ऋषिकी एक छोरी,
६. एक वर्णवृत्त जसको प्रत्येक चरणमा एक रगण हुन्छ,
७. दाहिने हातको औँठो र साहिँली औँलालाई माझी औँलाको टुप्पोमा जोडेर (कान्छी र चोरी औँला सोझो) गराउँदा हुन जाने हस्तक्रियाको मुद्रा, जुन होमको लागि उपयोगी मानिन्छ,
८. आइमाईका चार लक्षणमध्ये एक ।



Correction: