मृदङ्गः (पुंलिङ्ग)
अर्थ−
१. बाँस,
२. कम्मरमा झुन्डाएर दुई हातले दुईतिर ठोकेर बजाइने डोलो छाँटको पेट ठुलो र मुख सानो दुवै मुखमा छालाले मोडेको बाजाविशेष । मृदङ्ग माटाको बनाएको हुन्छ । (पखावज - काठको) ‘मृत्तिकानिर्मितश्चैव मृदङ्गः परिकीर्तितः’ मृदङ्ग डेढ हात लामो, बायाँतिर १२/१३ अङ्गुल, दाहिनेतिर बायाँभन्दा एक अङ्गुल सानो छालाले मोडेको र पेट फुकेको छाँटको हुन्छ ।
“सार्द्धहस्तप्रमाणं तु दैर्घ्यमस्य विधीयते ।। त्रयोदशाङ्गुलं वाममथवा द्वादशाङ्गुलम् ।। दक्षिणं च भवेद्धीनमेकेनार्द्धाङ्गुलेन च ।। करणानद्धवदनो मध्ये चैव पृथुर्भवेत् ।।” (सङ्गीतदामोदरे) । मृदङ्ग ठुलो - ‘मुरजा’ (स्त्री.), गाईको पुच्छरको छाँटको- ‘आलिङ्गी’ (स्त्री.) ।