मेषशृङ्गी (स्त्रीलिङ्ग)
अर्थ−
१. एक/सवा एक इन्चदेखि दुई/अढाई इन्च लामो पानको झैँ मसिनो झुस हुने पात भएको वृक्ष । यसको फिका पहेँलो एक-डेढ इन्चको फूल हुन्छ, मेढासिङ्गी । डेढ - दुई इन्च लामो डोलो र भेट्नोतिर मोटो टुप्पातिर तिखारिएको फल हुन्छ, जसभित्र भुवामा पातलो र बाटुलो रहने बियाँ हुन्छ,
२. मसिनो झुस हुने ठुलो लहरो । यो फुस्रो रङको ठुलो लहरोमा नीलो रङको फुस्रो मसिनो झुस भएको हुन्छ । टिप्दा दूध निस्कन्छ, धेरै नसा देखिने पानको झैँ पात हुन्छ । लहराको जोर्नीबाट फुल्ने कवैको झैँ फिका पहेँलो वा सेतो फूल हुन्छ । नरम काँडो हुने सुरुमा हरियो र छिप्पिएमा खैरो रङको भेडाको सीङ जस्तो आम्ने साम्ने दुईटा फल लाग्छन्, जसमा आँकको झैँ भुवा र बीउ रहन्छ । जरा कान्छी औँलाजस्ता मसिना र अनन्तमूलक जस्ता हुन्छन् । यो रूखमा बायाँतिर बाट चढ्छ तर दाहिनेतिर चढ्नेलाई वृश्चिकाली - विषाणिका भनिन्छ । यसको फूल सेतो हुन्छ,
३. यसको लहरो गाउँमा जताततै हुन्छ, पात टिप्दा दूध निस्कन्छ, फल भेडोको सीङ जस्ता दुई - दुई वटा हुन्छन् । गुडमारको झैँ तर ठुलो फल लाग्छ र फूलबाट दूध आउने पहेँलो फूल हुन्छ । वर्षाऋतुमा लहरो बढेर ग्रीष्ममा सुक्ने गर्छ । फलमा आँकको झैँ भुवा र बियाँ हुन्छन् ।