संस्कृत-शब्दकोशः

म्लै यःकश्चन

य

य (विशेषण)


अर्थ−
१. जुन, जो, जसले (‘यत्’ शब्दको पुलिङ्गको प्रथमा विभक्तिको एक वचन, जसको स्त्री लिङ्गमा ‘या’ तथा नपुंसक लिङ्गमा ‘यत्’ रूप हुन्छ ।,
२. हिँड्ने/ जाने ।


य


अर्थ−
देवनागरी वर्णमालाको छब्बिसौँ अक्षर । यसको उच्चारणस्थान तालु हो । यसलाई स्पर्श वर्ण र ऊष्म वर्णबीचको वर्ण मानिन्छ । यसैले ‘य’ अन्तस्थ वर्ण हो । यसका बाह्य प्रयत्न संवार, नाद, घोष र अल्पप्राण मानिन्छन् ।


यः (पुंलिङ्ग)


अर्थ−
१. गाडी वा सवारी,
२. हावा / वायु,
३. संयम,
४. छन्दःशास्त्रअनुसार यगणको संक्षिप्त रूप,
५. जौ/अन्न,
६. यमराज,
७. प्रकाश,
८. त्याग,
९. बिजुली,
१०. कीर्ति,
११. रोक / प्रतिबन्ध ।



Correction: