यमराजः (पुंलिङ्ग)
अर्थ−
सूर्यद्वारा संज्ञा नामकी विश्वकर्माकी छोरीको गर्भबाट जन्मिएका दक्षिण दिशाका एक दिक्पाल । यिनले पापीहरूलाई नरकको यातना दिएर पाप मुक्त गराउँछन् । यमराजकी पत्नी- ‘हेममाला/धूमोर्णा’, यमराजकी बहिनी- ‘यमुना’, यमराजको पाप पुण्य लेखिने स्याहा- ‘अग्रसन्धानी’, यमराजको लोक- ‘यमलोक’, यमराजको दण्ड वा मुख्य हतियार- ‘कालदण्ड’, यमराजको सहर- ‘संयमनी’, यमराजको हातमा- ‘यमसात्’ ।